September 11, 2026, Friday
२०८३ भाद्र २६
Nepal 1:37:26 pm
Trending
जन आवाज

तीन दिनपछि अपिहिमाल आरोहण टोलीका घाइतेको सफल उद्धार

२०८२ भाद्र ३०

1.1K

दार्चुला — माउण्टेन गाईड तालिमको क्रममा अपिहिमाल गाउँपालिकाको ल्याह्युल पिक (भभया चुली) र अपिहिमाल आरोहण गर्दै गर्दा घाइते भएका मुख्य प्रशिक्षक सञ्जीव गुरुङसहितका प्रशिक्षार्थीहरुलाई तीन दिनको प्रयासपछि आज बिहान हेलिकप्टरमार्फत सकुसल उद्धार गरिएको छ ।

लगातार तीन दिनसम्म प्रतिकूल मौसमका कारण उद्धार कार्य रोकिए पनि आज बिहान मौसम खुलेपछि उद्धार सफल भएको हो । उद्धारमा विशेष सहयोग गर्ने सिम्रिक एयरका पाइलट सिद्धार्थ गुरुङको टिमलाई अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तबहादुर सिंह (ठेकरे) बोहराले धन्यवाद ज्ञापन गर्नुभएको छ । उहाँले पालिकामै बसेर पटक–पटक उद्धार प्रयास गर्ने टिमको समर्पणकै कारण आज उद्धार सफल भएको बताउनुभयो ।

गाउँपालिकाले माउण्टेन गाईड तालिम निरन्तर सञ्चालन हुने र प्रशिक्षण पिक भभया हिमाल तथा अपिहिमाल आरोहणको प्रयास पनि निरन्तर जारी रहने जानकारी दिएको छ । घाइते सञ्जीव गुरुङसहित सबैको शीघ्र स्वास्थ्य लाभको शुभकामना व्यक्त गरिएको छ ।