काठमाडौं- National Youth Council को केन्द्रीय समितिमा विस्तार भएको छ। परिषद्का केन्द्रीय सदस्यका रूपमा सुदूरपश्चिम प्रदेशबाट जय धामि ले आज औपचारिक रूपमा सपथ ग्रहण गरेका छन्।
युवा तथा खेलकुद मन्त्री बाबुल गुप्ताको कार्यकालमा उनीहरूलाई केन्द्रीय सदस्यका रूपमा नियुक्त गरी सपथ गराइएको हो। नवनियुक्त सदस्यहरू आ–आफ्नो क्षेत्रबाट युवा नेतृत्व, सामाजिक अभियान तथा उद्यमशीलता प्रवर्द्धनमा सक्रिय रहँदै आएका व्यक्तित्व हुन्।
सपथ ग्रहण कार्यक्रमपछि आजै National Youth Council को बोर्ड बैठकसमेत सम्पन्न भएको छ। बैठकमा युवासम्बन्धी नीति, कार्यक्रम, परिषद्को कार्यदिशा तथा आगामी योजनाबारे विस्तृत छलफल गरिएको परिषद् स्रोतले जनाएको छ।
नवनियुक्त केन्द्रीय सदस्यहरूले आगामी दिनमा युवा सशक्तीकरण, उद्यमशीलता विकास तथा प्रभावकारी युवा नीति निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।









