September 20, 2026, Sunday
२०८३ आश्विन ५
Nepal 1:37:26 pm
☰ जनआवाज
  • गृह
  • राजनीति
  • अर्थ / उत्पादन
  • दृष्टिकोण
  • स्वास्थ्य / शिक्षा
  • पाठक आवाज
  • कला
  • फिचर
  • समाज
  • खेलकुद
×
Trending
जन आवाज

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

२०८२ माघ २२

390

Shares

काठमाडौंँ, २२ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार) देखि किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप देशभरि नै लगाउने भएको छ । स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले आगामी फागुन १५ गतेसम्म देशभरिका कक्षा ६ मा पढ्ने र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने बताउनुभयो ।

सरकारले गत वर्षको एचपिभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने छात्रा र ११ वर्षदेखि १४ वर्षका विद्यालय बाहिरका किशोरीलाई सोही अभियानअन्तर्गत खोप लगाइने उहाँले बताउनुभयो । छात्रा र किशोरीलाई खोप आ–आफ्नो विद्यालय र स्वास्थ्य संस्थामा लगाइने र खोप लगाउने स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको प्रमुख डा गौतमले बताउनुभयो । “प्रादेशिक कार्यालयबाट जिल्ला कार्यालयमा खोप पु¥याइसकिएको छ”, प्रमुख डा गौतमले भन्नुभयो ।

सरकारले गतवर्ष माघ २२ देखि फागुन ६ गतेसम्म देशभरि नै कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई उक्त खोप लगाएको थियो । शाखा प्रमुख डा गौतमले खोप अभियानअन्तर्गत करिब तीन लाख ५० हजार बालबालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने बताउनुभयो । खोप यसपटक एचपिभि खोप ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’को सहयोग प्राप्त भएको बताउनुभयो ।

भर्खरै

२०८३ आश्विन ३
धनगढीमा छैटौँ संस्करणको जिल्ला स्तरीय स्क्र्याबल च्याम्पियनसिप सम्पन्न
२०८३ आश्विन १
विश्वकर्मा पूजाको अवसरमा चैतन्यमा अन्तर्राष्ट्रियस्तरीय फुटसल उद्घाटन
२०८३ भाद्र २७
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
२०८३ भाद्र २५
बिपद ब्यबस्थापनलाई थप प्रभावकरी बनाउन प्रदेश सरकार सक्रिय
२०८३ भाद्र २३
विश्व हिन्दू परिषद् नेपालको रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान
२०८३ भाद्र २३
बाढीपीडित घाइतेको उपचार र जेन्जी शहीदको स्मरणमा चैतन्यको बृहत् रक्तदान
धेरै पढिएको
  • धनगढीमा छैटौँ संस्करणको जिल्ला स्तरीय स्क्र्याबल च्याम्पियनसिप सम्पन्न
  • विश्वकर्मा पूजाको अवसरमा चैतन्यमा अन्तर्राष्ट्रियस्तरीय फुटसल उद्घाटन

जनआवाज प्रा. लि.

सूचना विभाग दर्ता नं.–५३५४–२०८२/२०८३

विज्ञापनका लागि सम्पर्क

९८६०१६१४९३/९८६१९८९२६५

साइट नेभिगेशन

राजनीति
दृष्टिकोण
अर्थ
स्वास्थ्य / शिक्षा
पाठक आवाज

कला

विविध

जनआवाज टीम

सम्पादक:

ज्योति खतिवडा

निर्देशक:

शान्ति प्रसाद जोशी

व्यवस्थापक:

महेश खतिवडा

समाचार संयोजक:

नरेश प्रसाद जोशी

खबर संवाददाताः खेमा भट्ट कैलाली,

अध्यक्ष

पुस्कर राज जोशी

९८६१९८९२६५

  • About Us
  • Privacy Policy

© Jana Aawaj सर्वाधिकार जनआवाज डट कममा सुरक्षित