July 29, 2026, Wednesday
२०८३ श्रावण १३
Nepal 1:37:26 pm
Trending
जन आवाज

सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन चैत्र २४ गते आह्वान

२०८२ चैत्र १९

225

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको सातौँ अधिवेशन आह्वान गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख नजिर मियाले प्रदेश सभाको सातौँ अधिवेशन आह्वान गरेका हुन् ।

मियाले सरकारको सिफारिसअनुसार २४ चैतमा दिउँसो ४ बजे बस्नेगरि बैठक आह्वान गरेका छन् । बुधवार मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश सभाको सातौँ अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो ।

मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १६६ को उपधारा (२) बमोजिम अधिवेशन आह्वानका लागि औपचारिक रूपमा बिहीबार सिफारिस पत्र पठाएका थिए । त्यसलगत्तै प्रदेश प्रमुख मियाले अधिवेशन आह्वान गरेका हुन् ।