April 29, 2026, Wednesday
२०८३ बैशाख १६
Nepal 1:37:26 pm
Trending
जन आवाज

संविधानअनुसार राष्ट्रपतिको सम्बोधन: संसद्मा रामचन्द्र पौडेल उपस्थित

२०८२ चैत्र २७

135

काठमाडौ, २७ चैत ।राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने सिंहदरवास्थित संसद् बैठकमा पुगेका छन् । त्यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादव पनि संसद् भवन पुगेका छन् ।

राष्ट्रपति पौडेल संसद् भवन पुग्दा सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले स्वागत गरेका छन् ।

नेपाल सरकार,मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा,९५ बमोजिम दिउँसो ३ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन् । त्यसका लागि दुवै सदनका सदस्यहरूलाई उपस्थितिका लागि आह्वान गरिएको थियो ।