September 23, 2026, Wednesday
२०८३ आश्विन ७
Nepal 1:37:26 pm
Trending
जन आवाज

पूजा धानुकको न्याय माग्दै धनगढीमा प्रदर्शन

२०८३ श्रावण १५

275

धनगढीः धनगढीमा शुक्रबार मृतक पूजा धानुकको न्यायको माग गर्दै उनका परिवार तथा आफन्तले बिरोध जनाएका छन्। उनीहरुले विभिन्न सरकारी कार्यालय र अस्पताल अगाडि प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका हुन्।
मृतक पूजा धानुक९धामी०की आमा पार्वती धानुकले निश्चपक्ष अनुसन्धानको माग गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीको मुख्य गेट अगाडि विरोध प्रदर्शन गरिएका हुन् । प्रदर्शनका क्रममा सहभागीहरूले विभिन्न नारा लेखिएका ब्यानर तथा पम्प्लेट बोकेर न्यायको माग गरेका छन्।
प्रदर्शनका क्रममा जिल्ला प्रशासन कार्यालय कैलाली, सेती प्रादेशिक अस्पताल, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र उत्तरबेहडीस्थित नवजीवन अस्पताल अगाडि समेत क्रमिक रूपमा प्रदर्शन गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मृतककी साथी शारदा शाहले आफूहरू टिकटकमार्फत साथी बनेको बताइन्। उनले सिसिटिभी फुटेजमा पूजाको घरमै मृत्यु भएपछि मात्रै नवजीवन अस्पताल लगिएको देखिएको दाबी गर्दै घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरिन्।
उनले पूजाको न्यायका लागि आफू निरन्तर संघर्ष गर्ने बताउँदै आक्रोशका कारण मृतकका श्रीमान् भरत धामीको घरमा तोडफोडजस्ता गतिविधि नगर्न सहभागीहरूलाई आग्रह गरिन्। त्यस्ता गतिविधिले आन्दोलनको उद्देश्य कमजोर हुने र कानुनी समस्या सिर्जना हुन सक्ने उनको भनाइ थियो।
प्रदर्शनमा सहभागीहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्दै दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।