५ असार, काठमाडौं । इटालियन क्लब युभेन्ट्सले अमेरिकामा भइरहेको फिफा क्लब विश्वकपमा युएईको अल अइनलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ ।
जितसहित प्रतियोगित सुरु गरेको युभेन्ट्स ३ अंक जोडेर समूह जी को शीर्ष स्थानमा छ । म्यानचेष्टर सिटीको पनि ३अंक नै भएपनि युभेन्ट्स गोलअन्तरमा अघि छ ।
अमेरिकाको आउदी फिल्डमा बिहीबार भएको खेलमा युभेन्टसका लागि रान्डल कोलो मुआनी र फ्रान्सिस्को कोन्सेकाओले दुई-दुई गोल गरे भने केनान यिल्डिजले एक गोल गरे ।
कोलो मुआनीले ११औं र पहिलो हाफको इन्जुरी टाइममा गोल गरे । यस्तै कोनसेकाओले २१औं र ५८औं मिनेटमा गोल गरे । यिल्डिजले ३१औं मिनेटमा गोल गरेका थिए ।
समूह जी कै अर्को खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले मोरोक्कोको वायडाड कासलाब्लाङ्कालाई २-० ले हराउँदै विजयी सुरुवात गरेको छ ।









