October 25, 2026, Sunday
२०८३ कार्तिक ९
Nepal 1:37:26 pm
Trending
जन आवाज

बैतडीमा बन्दुकको छर्रा लागेर वडा सदस्य घाइते

२०८३ बैशाख १०

360

बैतडी : बैतडीमा भरुवा बन्दुक पड्किएर एक जना घाइते भएका छन् ।

घाइते हुनेमा सुर्नया गाउँपालिका–२ का वडासदस्य समेत रहेका ४५ वर्षीय दानबहादुर ऐरी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बल्देव बडूले जानकारी दिए ।
ऐरी आफैँले भरेको बन्दुकको छर्रा घाँटीमा लागेर बुधबार साँझ घाइते भएको प्रहरीको भनाइ छ ।

घाइते ऐरीलाई जिल्ला अस्पताल बैतडीमा सामान्य उपचारपछि धनगढी रिफर गरिएको र अहिले माया मेट्रो अस्पताल धनगढीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । उक्त बन्दुक प्रहरीले नियन्त्रणले लिएको छ । घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरी प्रवक्ता बडूले जानकारी दिए ।

भर्खरै