April 29, 2026, Wednesday
२०८३ बैशाख १६
Nepal 1:37:26 pm
Trending
जन आवाज

बिपिन शर्माको कप्तानीमा यू-१६ इस्ट जोन कप खेल्ने टोली घोषणा

२०८२ असार ५

710

काठमाडौं । यही २० जुनदेखि ६ जुलाईसम्म मलेसियामा आयोजना हुने एसीसी यू-१६ इस्ट जोन कपका लागि नेपाली यु-१६ राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिताका लागि युवा स्पिनर बिपिन प्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय टिम सार्वजनिक गरेको हो। टिमको  उपकप्तानको रूपमा सुर्यान्शु कोइराला चयन भएका छन्।

दुई जना विकेटकिपर सहितको टिममा शिवांश बजगाईं र परिमर्जन यादव रहेका छन्। यस्तै, टोलीमा रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील बहादुर रावल, सुभम खनाल, प्रसिद्ध जैसी, जोय थापा र रोशन साही पनि सहभागी छन्। नेपाली टिमले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित तयारी गरिरहेको छ।

रौनक श्रिवास्तवले केही साताअघि भएको यू-१६ राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाएका थिए जुन् नेपाली घरेलु उमेर समूहको प्रतियोगितामा कीर्तिमान नै थियो ।

इस्ट जोन कप एसियन क्रिकेट काउन्सिल (एसीसी) अन्तर्गत सञ्चालन हुने एक महत्वपूर्ण युवा स्तरीय क्रिकेट प्रतियोगिता हो, जसमा पूर्वी एसियाका विभिन्न राष्ट्रका यु-१६ उमेर समूहका टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्।