April 29, 2026, Wednesday
२०८३ बैशाख १६
Nepal 1:37:26 pm
Trending
जन आवाज

प्रकाश लावड प्रर्मका ६ मुक्तक

२०८२ कार्तिक २०

1.1K

मुक्तक –१
जिन्दगी समयको रचना हो कल्पना हो
दर्पणमा छाँयाले पुकारेको अर्चना हो
दुई संगमको नदिको भेल झैँ जिन्दगी,
दुई मुटुको बिचमा रहेको सम्झना हो।

मुक्तक–२
धेरै पटक निराशाले मन जलेको छ मेरो
छातिभित्र दनदनती आगो बलेको छ मेरो
पटक(पटक तिम्रो यादमा मर्दै(बाँचेको छु,
सुर्तै(सुर्तामा तड्पिदै जीवन चलेको छ मेरो

मुक्तक–३
आपत पर्दा सहयोग गर्न साथीभाइ नै पुग्छन्
फसाउने , भसाउने राक्षस परिवारमै हुन्छन्
कमजोर हुँदा म्याउँ(म्याउँ गर्छन् दह्रो भए पछि,
विपद् पर्दा गुन गरेको जति सबैथोक नै भुल्छन्

मुक्तक–४
एक्लै नछोड मलाई आतिन्छु१ कराउन सक्छु
जिवनमा के हुन्छ के शङ्काले डराउन सक्छु
संधै तिम्रो अँगालोमा बाँधेर राख है मलाई,
मेरो इच्छा पुर्याउ, अनि मन पराउन सक्छु

मुक्तक–५
देउरालीको डाँडामाथि बतास चलेको
गोली खाएर पनि जीवन छैन ढलेको
बम( बारुदको आगोमाथि नाचेर पनि,
देशको निम्ति लड्ने सिपाही छैन गलेको
मुक्तक–६
बोल्दाबोल्दै थाहा नपाइ रात परे झैं लाग्छ
एकान्तमा प्रेमका मिठा बात गरे झैं लाग्छ
एकछिन त१ छुट्ने कुरा नगरेको नै राम्रो,
दिलमा तिमी नहुँदा त ज्युँदै मरे झैं लाग्छ
प्रकाश लावड प्रर्म

गृह जिल्ला बैतडी हाल काठमाडौँ