September 9, 2026, Wednesday
२०८३ भाद्र २५
Nepal 1:37:26 pm
Trending
जन आवाज

कञ्चनपुरमा सीमा समस्याबारे नेपाल-भारतका अधिकारीबीच बैठक

२०८३ असार १

450

कञ्चनपुर : नेपाल-भारत सीमा क्षेत्रमा देखिएका विभिन्न विषयमा छलफल गर्न भारतीय उच्चस्तरीय टोली कञ्चनपुर आइपुगेको छ। महेन्द्रनगरस्थित होटल ओपेरामा नेपाल र भारतका उच्च अधिकारीबीच सीमा सम्बन्धी विषयमा बैठक भइरहेको छ।
बैठकमा सीमा व्यवस्थापन, सुरक्षा, आवतजावतको सहजता, सीमा स्तम्भहरूको अवस्था तथा दुवै देशको साझा चासोका अन्य विषयमा छलफल भइरहेको जनाइएको छ। वार्तामा नेपाल र भारतका सुरक्षा निकाय तथा प्रशासनिक तहका अधिकारीहरूको सहभागिता रहेको छ।
दुवै देशबीचको सीमा क्षेत्रमा देखिएका समस्या समाधान, समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले बैठक आयोजना गरिएको बताइएको छ।

भर्खरै