मतदानपछि सुदूरपश्चिमेली मतदाता भारत फर्किन थाले
धनगढी : निर्वाचनका बेला स्वदेश फर्किएका सुदूरपश्चिमेली मतदान सकिए लगत्तै रोजगारीका लागि कैलालीको त्रिनगर सीमा नाका हुँदै भारत फर्किन थालेका छन्। केही दिनदेखि नेपाल–भारतको त्रिनगर सीमा नाका हुँदै उनीहरू भारततिर फर्किन थालेका हुन्। रोजगारीका साथै उपचार, व्यापार तथा अन्य व्यक्तिगत कामका लागि दैनिक सयौँ नेपाली उक्त नाका हुँदै भारत जाने–आउने गर्छन्। त्रिनगर सीमा नाकामा भेटिएमा...