April 29, 2026, Wednesday
२०८३ बैशाख १६
Nepal 1:37:26 pm
Trending
शान्ति प्रसाद जोशी

इजरायल र हमासबीचको पहिलो वार्ता सकारात्मक, विपिन जोशी रिहाइ नजिक

२०८२ आश्विन २१

1.7K

काठमाडौँ– इजिप्टको राजधानी कायरोमा इजरायल र हमासबीच सुरु भएको अप्रत्यक्ष वार्ताको पहिलो दिन ‘सकारात्मक’ माहोलमा सम्पन्न भएको इजिप्टेली अधिकारीहरूले बताएका छन्।

यस वार्ताले गाजामा जारी युद्धविराम र बन्धक व्यक्तिको सम्भावनामा नयाँ आशा जगाएको अलजजीराले जनाएको छ ।

नेपालका विपिन जोशीसहितका बन्धक रिहाइलाई पहिलो प्राथमिकता बनाएको वार्तामा प्रत्यक्ष रुपमा इजराइल र हमासका प्रतिनिधिहरु एउटै कोठामा उपस्थित थियनन् । उनिहरुबीच इजिप्ट र कतारका मध्यस्थहरुले सन्देश आदानप्रदान गर्दै वार्ता अघि बढाएका थिए । अमेरेकी अधिकारीहरु पनि प्रतत्यक्ष रुपमा वार्तामा संलग्न थिए ।

इजिप्टेली कूटनीतिक स्रोतहरूका अनुसार वार्ताको पहिलो दिनमा दुवै पक्षले केही ‘साझा बिन्दुहरू’मा सहमति देखाएका छन्(विशेषगरी मानवीय सहायता गाजामा सहज रूपमा पुगोस् र बन्धक आदानप्रदान प्रक्रियामा विश्वास कायम होस् भन्ने विषयमा।’

इजरायली सञ्चारमाध्यमहरूका अनुसार हमासले युद्धविरामको प्रस्तावसहित केही मानवीय सर्तहरू अघि सारेको छ। तीमध्ये मुख्य मागहरूमा इजरायली सेनाले गाजाको उत्तरी भागबाट फिर्ता हुनुपर्ने, नाकाबन्दी खुकुलो पारिनुपर्ने, र अस्पताल तथा राहत संरचनामाथिको आक्रमण रोक्नुपर्ने लगायतका छन्।

इजरायली पक्षले भने आफ्नो प्राथमिकता बन्धकहरूको मुक्तिलाई दिएको छ। उनीहरूले भनेका छन्, “जबसम्म बन्धकहरू सुरक्षित रूपमा फर्काइँदैनन्, पूर्ण युद्धविरामको प्रश्न उठ्दैन।” तर मध्यस्थहरूले दुवै पक्षलाई ‘मानवीय स्थिरता’ कायम गर्न आग्रह गरेका छन्।

कतार र इजिप्टले वार्ताको दोस्रो चरण शुक्रवारका लागि तय गरेको जनाइएको छ। त्यहाँ बन्धकहरूका नामसूची र सम्भावित चरणबद्ध युद्धविरामबारे छलफल हुने अपेक्षा गरिएको छ। विभिन्न चरणमा बन्दी रिहाइ हुँदा पनि विपिन जोशी भने हमासकै कब्जामा रहेको मानिएको छ।