मध्यपूर्वमा युद्ध चर्किँदा ओलीको चिन्ता व्यक्त
काठमाडौं, १७ फागुन । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वका देशहरुमाथि बर्सिएका मिसाइलका कारण आफूलाई निद्रा नलागेको बताएका छन् । ती देशहरुमा नेपालीहरु पनि रहेकाले उनीहरुको चिन्ताले आफू निदाउन नसकेको ओलीको भनाइ छ । अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमाथि आक्रमण गरेपछि इरानले प्रत्याक्रमण स्वरुप अमेरिकी सैन्य अड्डालाई लक्षित गरी मिसाइल प्रहार...