निर्मला पन्त हत्या प्रकरण : सात वर्षपछि पनि न्याय अधुरै
शान्ति प्रसाद जोशी धनगढी- कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको भीषण घटनालाई आज ठिक सात वर्ष पूरा भएको छ। सन् २०१८ जुलाई २६ ९वि।सं। २०७५ साउन १० मा हराएकी निर्मलाको शव भोलिपल्ट, साउन ११ गते, भीमदत्त नगरपालिका–२ स्थित उखुबारीमा भेटिएको थियो। तर, यति लामो समय बितिसक्दा पनि घटनाका दोषी पत्ता लाग्नु त...