तस्करीको डिजेलसहित भारतीय नागरिक पक्राउ
धनगढी : कैलालीको धनगढीबाट तस्करीको डिजेलसहित भारतीय नागरिक पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–१९ खेदाघाटबाट भन्सार छली गरी भारतबाट ल्याइएको डिजेलसहित भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारतको सुडा बस्ने ३५ वर्षीय उमेश गुप्ता रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ अन्दाजी मूल्य २ लाख ५८ हजार...