सुदूरपश्चिम प्रदेश सरकार दोस्रो पञ्च वर्षीय योजना बनाउदै
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले दोस्रो पञ्च वर्षीय योजनाको तयारी थालेको छ। प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजना (२०८३/०८४–२०८७/०८८) मार्फत प्रदेशवासीको गुणस्तरीय जीवन सुनिश्चित गर्ने लक्ष्य अघि सारेको हो। धनगढीमा शनिवार आयोजित कार्यक्रममार्फत प्रदेश नीति तथा योजना आयोगले उक्त योजनाको मस्यौदामाथि प्रदेश सभा सदस्यहरूसँग सुझाव सङ्कलन गरेको हो। योजनाले उत्पादन र उत्पादकत्व वृद्धि, गरिबी न्यूनीकरण, रोजगारी सिर्जना...