कैलालीको गोदावरी आर्यघाटमा सरसफाइ
धनगढी : कैलालीको गोदावरी आर्यघाटमा सरसफाइ गरिएको छ। युवाको नेतृत्व विकास र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले अत्तरिया जेसिजको आयोजनामा गोदावरी आर्यघाटमा सरसफाइ गरिएको हो। वातावरण संरक्षण र स्वच्छता प्रवर्धनसँगै युवामा नेतृत्व विकास तथा व्यक्तित्व निखार्ने उद्देश्यले आर्यघाट क्षेत्रमा सरसफाइ गरिएको बताइएको छ। सरसफाइमा अत्तरिया जेसिजका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।...