बाजुरामा भिरबाट लडेर युवकको मृत्यु
बाजुरा : बाजुराको गौमुल गाउँपालिका–६ का २८ वर्षीय पदम लुहारको भिरबाट लडेर मृत्यु भएको छ। मंगलबार बिहान बामनी जंगल क्षेत्रमा बाख्रा चराउने क्रममा लुहार भिरबाट लड्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। tourism घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।