कैलालीमा विद्यालय गएका बालकको मोटरसाइकलको ठक्करबाट मृत्यु
धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका ७ वर्षीय बालकको उपचारका क्रममा मृत्यु भएको छ। गौरीगङ्गा नगरपालिका–४ स्थित द ग्रीन स्टार इङ्ग्लिस स्कुलमा कक्षा १ मा अध्ययनरत आरभ बोहराको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक हिरासिंह महराले जानकारी दिए। उनका अनुसार भेन्टिलेटरमा राखेर उपचार भइरहेका बालकलाई...