September 23, 2026, Wednesday
२०८३ आश्विन ७
Nepal 1:37:26 pm
Trending
जन आवाज

धनगढीकी पूजा धानुकको मृत्यु प्रकरणमा श्रीमानसहित पाँच जना पक्राउ

२०८३ श्रावण १४

365

धनगढीः धनगढी उपमहानगरपालिका–४ की २३ वर्षीया पूजा धानुकको मृत्यु प्रकरणमा प्रहरीले उनका श्रीमान भरत धामीसहित पाँच जनालाई अनुसन्धानका लागि पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार साँझ धानुक घरको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। उनलाई श्रीमान धामीले उपचारका लागि नवजीवन अस्पताल पुर्‍याएका थिए। उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनापछि पूजाका बुवाले श्रीमानसहित परिवारका सदस्यविरुद्ध कर्तव्य ज्यान मुद्दामा उजुरी दिएका छन्। सोही उजुरीका आधारमा प्रहरीले श्रीमान धामीसहित पाँच जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको छ।