कैलालीमा ६६ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने
धनगढीः सरकारले आज र भोली देशभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाउने राष्ट्रिय अभियान सञ्चालन गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअनुसार दुई दिनसम्म देशभर अभियान सञ्चालन गरिएको हो। कैलालीमा मात्रै ६ महिनादेखि ५ वर्षसम्मका ६६ हजार ४२४ बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइनेछ। साथै, ९८ हजार...