July 27, 2026, Monday
२०८३ श्रावण १२
Nepal 1:37:26 pm
Trending
जन आवाज

कैलालीमा एक वर्षमा एक हजार ९५० प्रतिवादी पक्राउ

२०८३ श्रावण २

360

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुरक्षाका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ । सार्वजनिक गरिएको वार्षिक प्रगति विवरणअनुसार वर्षभर १,९५० प्रतिवादी पक्राउ परेका छन् भने ८२६ फरार प्रतिवादीलाई पक्राउ गरी २२२ वर्ष ३ महिना ४ दिन कैद र २ करोड २१ लाख २ हजार ४२ रुपैयाँ जरिवाना असुल गरिएको छ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै कैलालीका प्रमुख प्रहरी उपरीक्षक९एसपी० नरेन्द्र चन्दले वर्षभर एक हजार ९ सय २९ विभिन्न प्रकृतिका अपराधका घटना दर्ता भएको बताएका छन् ।
उनकाअनुसार ती मध्ये १७ कर्तव्य ज्यान, ३०२ आर्थिक अपराध, १५७ सामाजिक अपराध र २३३ महिला तथा बालबालिकासम्बन्धी अपराध रहेका छन्।
लागूऔषध नियन्त्रणतर्फ ४११ मुद्दा दर्ता भई ५९३ जना पक्राउ परेका छन्। प्रहरीले ३० किलो ४५९ ग्रामभन्दा बढी चरेस, ९४६ ग्राम ९७७ मिलिग्राम खैरो हेरोइन, १ किलो ५३५ ग्राम गाँजा र १ हजार ६४२ ट्याब्लेट बरामद गरेको जनाएको छ।
यस अवधिमा २९८ आत्महत्याका घटना भएका छन् भने ६०१ सवारी दुर्घटनामा ८२ जनाको मृत्यु र ९७४ जना घाइते भएका छन्। ट्राफिक कारबाहीबाट १ करोड ४७ लाख ७५ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ।
राजस्व चुहावट तथा भन्सार छली नियन्त्रण अभियानमा ७ करोड ३२ लाख ९३ हजार ३५६ रुपैयाँ बराबरका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। साथै १४ हजार ५४५ लिटर अवैध मदिरा र ७ हजार ६३५ लिटर कच्चा पदार्थ नष्ट गरिएको छ।
प्रहरीले समुदाय केन्द्रित २,३४६ र विद्यालय केन्द्रित ३०५ कार्यक्रम सञ्चालन गरी ७८ हजार ४३५ जनालाई सचेतनामूलक कार्यक्रममा सहभागी गराएको जनाएको छ। साथै वर्षभर ५० हजार ५१२ सेवाग्राहीलाई सेवा प्रदान गरिएको विवरणमा उल्लेख छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले अपराध अनुसन्धानमा प्रविधिको प्रयोग, भर्चुअल माध्यमबाट म्याद थप अनुमति, ‘लेस पेपर’ अवधारणा, डिजिटल अभिलेखीकरण तथा नागरिक सहजीकरणजस्ता नवप्रवर्तनात्मक अभ्यासहरू समेत लागू गरेको जनाएको छ।