July 27, 2026, Monday
२०८३ श्रावण १२
Nepal 1:37:26 pm
Trending
जन आवाज

दुई जना मृत भेटिए

२०८३ श्रावण ३

465

धनगढी : कैलालीका छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन्।

कैलारी गाउँपालिका-५ मनिकापुरका ७० वर्षीय सन्त राम चौधरी आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
यस्तै, घोडाघोडी नगरपालिका-१ बेलारका २० वर्षीय सागर शाही सोही स्थानस्थित नालामा मृत अवस्थामा फेला परेका छन्।

दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।