September 16, 2026, Wednesday
२०८३ भाद्र ३१
Nepal 1:37:26 pm
Trending
जन आवाज

कैलालीमा विद्यालय गएका बालकको मोटरसाइकलको ठक्करबाट मृत्यु

२०८३ श्रावण १५

320

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका ७ वर्षीय बालकको उपचारका क्रममा मृत्यु भएको छ।

गौरीगङ्गा नगरपालिका–४ स्थित द ग्रीन स्टार इङ्ग्लिस स्कुलमा कक्षा १ मा अध्ययनरत आरभ बोहराको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक हिरासिंह महराले जानकारी दिए। उनका अनुसार भेन्टिलेटरमा राखेर उपचार भइरहेका बालकलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।
आरभलाई मङ्गलबार पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलले ठक्कर दिएको थियो। दुर्घटनामा संलग्न मोटरसाइकल चालक २६ वर्षीय सागर चौधरी र पछाडि सवार गुटराम डगौरा थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार चालकसँग सवारी चालक अनुमति पत्र ९लाइसेन्स० समेत नभएको खुलेको छ।
मृतकका बुवा दिलीप बोहराले विद्यालयको नियमित बिदा १२ बजे हुने भए पनि छोरालाई साढे ११ बजामै विद्यालयबाट बाहिर पठाइएको आरोप लगाएका छन्। बर्खे बिदाका बेला पनि विद्यालय सञ्चालन गरिएको भन्दै उनले घटनाको निष्पक्ष छानबिन तथा जिम्मेवारमाथि कारबाहीको माग गरेका छन्।
यता विद्यालय प्रशासनले भने आरभलाई छिमेकी विद्यार्थीकी हजुरआमासँगै घर पठाइएको दाबी गर्दै आफूहरूको लापरवाही नभएको जनाएको छ।
प्रहरीले दुर्घटनाको कारण तथा विद्यालयमाथि लगाइएका आरोपबारे थप अनुसन्धान भइरहेको जनाएको छ।