July 26, 2026, Sunday
२०८३ श्रावण १०
Nepal 1:37:26 pm
Trending
जन आवाज

सुदूरपश्चिमको मौलिक देउडा गीत ‘अधुरै छ माया’ सार्वजनिक

२०८३ असार ३०

290

धनगढी :  बिग इन्टरटेन्मेन्टको पर्दामा निर्माण भयको म्युजिक भिडियोमा अधुरै छ माया सार्वजनिक भएको छ। सुदूरपश्चिमको मौलिक कला, संस्कृति र प्रेम कथालाई समेटेर निर्माण गरिएको नयाँ देउडा गीत सार्वजनिक भएको हो। म्युजिक टिभी नेपाल युटुब च्यानल मार्फत गीत सार्वजनिक भएको छ।

गीतमा प्रकाश जेठारा र पूर्णकला बिसीको स्वर रहेको छ भने शब्द हर्क विवस खनालले सिर्जना गरेका हुन। गीतको लय प्रकाश जेठाराकै रहेको छ।

म्युजिक भिडियोको निर्देशन रमेश बिजुली बिसीले गरेका छन। छायांकन आदित्य विक्रम छेत्री र किशोर रिमालले गरेका हुन। भिडियोमा जगत साउँद, झरना बोहरा, दीपक साउँद, डिल्लीराज साउाद र नीशा बोहराको अभिनय रहेको छ भने भिडियोमा वरिष्ठ चलचित्रकर्मी सरस्वती खड्का भट्ट र हास्य कलाकार प्रेम पौडेललाई पनि देख्न सकिन्छ। मेकअप निसा बोहरा, एरेन्ज पवन परियार तथा रेकर्डिङ मालाश्री स्टुडियोमा गरिएको हो।

गीतको पोस्ट–प्रोडक्सन विगी इन्टरटेन्ट फोटो एण्ड भिडियो ग्राफीले गरेको छ। निर्माणमा नवजीवन अस्पताल, राज मेडिया हाउल लगायले सहयोग गरेका छन।