July 30, 2026, Thursday
२०८३ श्रावण १४
Nepal 1:37:26 pm
Trending
जन आवाज

आजको मौसम: पहाडमा वर्षा, हिमालमा हिमपातको सम्भावना

२०८२ चैत्र १०

315

काठमाडौ,१० चैत । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेस र लुम्बिनी प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल र बाँकी भूभागमा आंशिक बादल लागेको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा साथै कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ  ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।