July 28, 2026, Tuesday
२०८३ श्रावण १२
Nepal 1:37:26 pm
Trending
जन आवाज

नेपाल दृष्टिविहीन अपाङ्ग केन्द्रले नीति सुधारका लागि ९ बुँदे माग राख्यो

२०८२ फाल्गुन ७

565

काठमाडौं,७ फागुन । नेपाल दृष्टिविहीन अपाङ्ग एकता केन्द्रले सरकारसँग शिक्षा, स्वास्थ्य र रोजगारीमा समान तथा सहज पहुँच सुनिश्चित गर्न माग गरेको छ। केन्द्रले दृष्टिविहीन समुदायका अधिकार प्रभावकारी रूपमा कार्यान्वयन नभएको गुनासो गर्दै नीतिगत तथा व्यवहारिक सुधार आवश्यक रहेको जनाएको हो।

केन्द्रले सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न र सार्वजनिक यातायातमा कम्तीमा ५० प्रतिशत छुटको व्यवस्था गर्नुपर्ने माग पनि अघि सारेको छ। दृष्टिविहीन व्यक्तिहरूको दैनिक जीवन सहज बनाउन राज्यले विशेष सहुलियत र सहयोग उपलब्ध गराउनुपर्नेमा केन्द्रको जोड छ।

माग सम्बोधन नभए कानुनी तथा आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी पनि केन्द्रले दिएको छ। केन्द्रका पदाधिकारीहरूले सरकारबाट ठोस निर्णय नआएमा सर्वोच्च अदालतमा रिट दायर गर्ने तथा सडक आन्दोलनमा उत्रिने बताएका छन्।

दृष्टिविहीन समुदायको अधिकार सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने र समावेशी नीतिमार्फत उनीहरूको जीवनस्तर सुधार गर्न पहल गर्नुपर्ने केन्द्रको माग छ।

press release  (1)

press release  (2)