July 31, 2026, Friday
२०८३ श्रावण १५
Nepal 1:37:26 pm
Trending
जन आवाज

ओली परिवारमा शोक: केपी शर्मा ओलीका बुवाको निधन

२०८२ फाल्गुन २९

315

काठमाडौं,२९ फागुन । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । उनका बुवा मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको हो ।

एमाले सचिव पद्मा अर्यालले यो जानकारी दिएकी हुन् ।

केही दिनयता अस्वस्थ मोहन प्रसादको आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो ।

उनको पार्थिव शरीर ओली निवास गुण्डुमा लैजाने र दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने स्रोतले जनायो ।