July 29, 2026, Wednesday
२०८३ श्रावण १३
Nepal 1:37:26 pm
Trending
जन आवाज

आईजी एपीएफलाई कमेन्डेशन दिँदै प्रमुख अर्यालको पुरस्कार

२०८२ चैत्र ८

365

काठमाडौं,८ चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाललाई विभिन्न विधा र क्षेत्रबाट अनुकरणीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई आईजी एपीएफ कोमेन्डेशनबाट सुशोभित गरेका छन् ।

आइतबार आयोजित एक विशेष समारोहका बीच महानिरीक्षक अर्यालले २५औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा घोषित उक्त सम्मान प्रदान गरेका हुन् । सम्मानित हुनेहरूमा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, चर्चित गायक दीपक लिम्बू र विख्यात पर्वतारोही टासी लाक्पा शेर्पा रहेका छन् ।

महानिरीक्षक अर्यालले सुशोभित हुने व्यक्तित्वहरूलाई हार्दिक बधाई दिँदै आगामी दिनमा समेत उनीहरूबाट मुलुक र संगठनका लागि यस्तै उत्कृष्ट योगदानको अपेक्षा गरिएको बताए ।

सम्मान ग्रहण गरेपछि गायक दीपक लिम्बूले संगठनप्रति हार्दिक आभार प्रकट गर्दै यसले आफूलाई थप उत्साहित बनाएको र खुशी लागेको बताए ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल र बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकृतहरूको समेत उपस्थिति रहेको थियो।