July 26, 2026, Sunday
२०८३ श्रावण ११
Nepal 1:37:26 pm
Trending
जन आवाज

पित्तथैलीको ढुंगा निकाल्न ओलीको शल्यक्रिया

२०८२ चैत्र ३०

215

काठमाडौं, ३० चैत । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रिया गर्न थालिएको छ ।  महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा ओलीको शल्यक्रिया हुन लागेको अस्पतालका निर्देशक डा।सुवास आचार्यले जानकारी दिए ।

‘उहाँलाई शल्यक्रियाका लागि अप्रेसन थिएटरमा लगिएको छ’, आचार्यले भने,‘शल्यक्रिया सकिएपछि अस्पतालले स्टेटमेन्ट सार्वजनिक गर्छ ।’

अस्पताल स्रोतका अनुसार डा.पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले पित्तथैलीमा रहेको ओलीको २२ एमएमको ढुंगा निकाल्नेछ ।

जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिसबमोजिम ओलीलाई प्रहरीले चैत १३ गते भक्तपुर, गुण्डुस्थित उनकै निवासबाट पक्राउ गरेको थियो । स्वास्थ्यमा समस्या आएका कारण उनी सोही दिनदेखि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएका थिए ।