आयोगको चेतावनी : शिक्षक, प्राध्यापक र कर्मचारी चुनाव प्रचारमा लागे कारबाही गर्ने
काठमाडौं, ११ फागुन । निर्वाचन आयोगले शिक्षक, प्राध्यापक र कर्मचारीहरूलाई निर्वाचन आचारसंहिता विपरीत कुनै पनि दल र उम्मेदवारको चुनाव प्रचारमा नलाग्न चेतावनी दिएको छ । आयोगले सोमबार विज्ञप्ति जारी गर्दै केही प्राध्यापक तथा शिक्षक कर्मचारीहरू राजनीतिक दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएकोबारे उजुरी परेको जनाएको छ । आयोगले उक्त कार्य शिक्षा ऐन र निर्वाचन...