October 28, 2026, Wednesday
२०८३ कार्तिक १२
Nepal 1:37:26 pm
Trending
जन आवाज

अशोक राई भन्छन्– राष्ट्रिय प्राथमिकताका लागि साझा कार्यदिशा चाहिन्छ

२०८२ फाल्गुन ११

405

काठमाडौं, ११ फागुन। जनता समाजवादी पार्टी(नेपाल)का केन्द्रीय अध्यक्ष तथा पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मुलुकमा राजनीतिक स्थायित्व, सुशासन र आर्थिक सुधार सुनिश्चित गर्न साझा राष्ट्रिय कार्यदिशा आवश्यक रहेको बताएका छन् ।

पार्टीको निर्वाचन परिचालन समिति, सुनसरी क्षेत्र नम्बर १ ले आज धरानमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष राईले आगामी २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्थगित हुन सक्ने हल्ला बाहिर सुनिएको भए पनि त्यस्तो कदम मुलुक र जनताको हितमा नहुने धारणा राखे ।

निर्वाचनपछि गठन हुने नयाँ संसद्ले जनताको ताजा ‘म्यान्डेट’सहित देशको नेतृत्व गर्ने उल्लेख गर्दै संसद्भित्र र बाहिर रहेका सबै राजनीतिक शक्तिबीच संवाद र सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो ।

अध्यक्ष राईले लोकतान्त्रिक प्रक्रियामा अवरोध आउन नदिन र दीर्घकालीन रूपमा देशलाई फाइदा पुग्ने सहमतिमूलक राजनीतिक संस्कार विकास गर्नुपर्नेमा जोड दिए ।

भर्खरै