April 29, 2026, Wednesday
२०८३ बैशाख १६
Nepal 1:37:26 pm
Trending
जन आवाज

धनगढीमा करेन्ट लागेर ३० वर्षीया महिलाको मृत्यु

२०८२ असार १७

1.5K

धनगढी – कैलालीको धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु भएको छ।

जिल्लाको धनगढी उपमहानगरपालिका–१४ डि–गाउँकी ३० वर्षीया रुपा चौधरीको करेन्ट लागेर मृत्यु भएको हो। सोमवार घरमा लुगा सुकाउने क्रममा बिजुलीको तारमा छुन गएपनि उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएकी चौधरीको कैलाली अस्पताल, धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो। घटनाको विषयमा अनुसन्धान जारी रहेको नेपाल प्रहरीले बताएको छ।