April 29, 2026, Wednesday
२०८३ बैशाख १६
Nepal 1:37:26 pm
Trending
जन आवाज

सारङ्गी झैँ रेटियो दिल गाउने केही सुर छैन (मुक्तक)

२०८२ असार १८

4.7K

 

 

छटपटीमा दिन ढल्यो आउने केही सुर छैन

सारङ्गी झैँ रेटियो दिल गाउने केही सुर छैन

ई छ्या चकनाचुर भए निर्दोषीका यहाँ

गुम्यो धेरै जिन्दगीमा पाउने केही सुर छैन

उजाड लाग्न थाल्यो जीवन बिना मरुभूमि

भत्केको घर ओत लाग्न छाउने केही सुर छैन

                        २

सङ्गै आँसु पुछी दिन्थ्यौ मैले सम्झी रुँदाखेरि

धेरै भावुक बन्थ्यौ तिमी नजिक आइ छुँदाखेरि

एकान्तमा हुन्थे जब तिम्रै यादमा डुब्थे

सधैँ अझै देख्छु तिम्रो तस्बिर हाते रुमाल धुँदाखेरि

देवेन्द्र निर्दोष द. न. पा. -२ देहिमान्डौ, बैतडी