April 29, 2026, Wednesday
२०८३ बैशाख १६
Nepal 1:37:26 pm
Trending
जन आवाज

चैतन्य पाठशालाद्वारा SEE पास विद्यार्थीहरूका लागि पूर्ण छात्रवृत्तिको अवसर, २५ जना विद्यार्थीले लाभ पाउने

२०८२ असार २३

2K

धनगढी, – सुदूरपश्चिमको एक अग्रणी शैक्षिक संस्था चैतन्य पाठशालाले शैक्षिक सत्र २०८२ का लागि कक्षा ११ मा अध्ययन गर्न चाहने आर्थिक रूपमा कमजोर तर मेधावी विद्यार्थीहरूका लागि पूर्ण छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ।
विद्यालयका अनुसार, २५ जना छात्रछात्रालाई छनोट गरी पूर्ण छात्रवृत्तिमा कक्षा ११ मा अध्ययन गराइनेछ। यसका लागि विद्यालयले असार २५ गते छात्रवृत्तिको प्रवेश परीक्षा सञ्चालन गर्ने जनाएको छ।
विद्यालयका सद्भावना दूत भरत विक्रम शाहले बताए अनुसार, “शिक्षामा गुणस्तर र पहुँचको सन्तुलन आवश्यक रहेको हुँदा, आर्थिक अवस्थाले सीमित बनाइएका तर प्रतिभाशाली विद्यार्थीहरूलाई अवसर दिनु चैतन्यको सामाजिक उत्तरदायित्व हो।” उनका अनुसार यस कार्यक्रमले विद्यार्थीको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिएको छ।
फारम वितरण र बुझाउने अन्तिम मिति – असार २४ गते साँझ ५ बजेसम्म
छात्रवृत्तिका लागि आवेदन दिन इच्छुक विद्यार्थीहरूले विद्यालयको प्रशासन शाखाबाट छात्रवृत्ति फारम लिनु पर्नेछ र असार २४ गते साँझ ५ बजेभित्र फारम बुझाइसक्नुपर्नेछ। विद्यालयले छात्रवृत्तिका लागि छुट्टै प्रवेश परीक्षा लिने जनाएको छ जसमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरू छनोट हुनेछन्।
विद्यालयका अध्यक्ष गणेश प्रसाद जोशीले भने, “हामी केवल पठनपाठन मात्र होइन, शिक्षासँगै संस्कार, अनुशासन र सामाजिक उत्तरदायित्वलाई पनि महत्त्व दिन्छौँ। हाम्रो उद्देश्य विद्यार्थीलाई जीवनको हरेक पाटोमा सक्षम बनाउने हो।”
चैतन्य पाठशालाले शिक्षा र संस्कारको स.सङ्गम, वेद र विज्ञानको संयोजन, तथा प्रकृति र संस्कृतिप्रति सम्मान गर्ने शिक्षण पद्धति अवलम्बन गर्दै आएको जनाएको छ। विद्यालयमा अनुभवी शिक्षकहरू, आधुनिक प्रविधिसहितको कक्षा कोठा, विषयगत प्रयोगशाला, समृद्ध पुस्तकालय, मनो–परामर्श सेवा, र व्यक्तित्व विकास केन्द्रित कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
विद्यालयका प्राचार्य प्रेमनिधी ओझाका अनुसार, “विगतका वर्षहरूमा पनि छात्रवृत्तिका माध्यमबाट थुप्रै विद्यार्थीलाई उच्च शिक्षाको ढोका खोलिदिएका छ। यो कार्यक्रम हरेक वर्ष थप प्रभावकारी बनाउँदै लगिएको छ।”
 उहाँले  भन्नुभयो, “छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीलाई हामीले एकदमै न्यानो वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्नेछौँ। यसले उनीहरूको आत्मबल र क्षमतामा उल्लेखनीय वृद्धि हुने विश्वास लिएका छौँ।”