September 22, 2026, Tuesday
२०८३ आश्विन ६
Nepal 1:37:26 pm
Trending
जन आवाज

दार्चुलाका स्थानीय तह प्रमुखहरू हैदरावादमा दस दिने तालिममा

२०८२ असार ३०

1.8K

दार्चुला: दार्चुलाका आठ स्थानीय तहका प्रमुखसहितको प्रतिनिधिमण्डल भारतको हैदरावादमा सञ्चालन हुने स्थानीय विकास साझेदारी सम्बन्धी १० दिने सरकारी स्तरको तालिममा सहभागी भएको छ।

भारत सरकारको आयोजना तथा आमन्त्रणमा आयोजित तालिम शनिबार (जुलाई १३) देखि सुरु भई जुलाई २४ सम्म चल्नेछ। तालिममा सहभागिता जनाएकाे टोलीमा महाकाली नगरपालिकाका नगरप्रमुख नरसिंह चैसिर, शैल्यशिखर नगर प्रमुख विजयसिंह धामी, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र विष्ट, लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशी, मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामी, ब्याँस गाउँपालिका अध्यक्ष मंगलसिंह धामी, दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल, अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहरा र नौगाड गाउँपालिका अध्यक्ष दलजितसिंह धामी सहभागी छन्।

यद्यपि भारत सरकारको तर्फबाट जिल्लाका सबै नौ स्थानीय तहलाई आमन्त्रण गरिएको भए पनि कार्यव्यस्तताका कारण मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामी सहभागी हुन नसकेको लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीले जानकारी दिनुभयो।

हैदरावादस्थित तेलङ्गाना राज्यमा सञ्चालन भइरहेको तालिममा स्थानीय विकास साझेदारीका विविध पक्षहरूबारे छलफल हुने तथा कार्यानुभव आदानप्रदानसहित अवलोकन भ्रमणसमेत समावेश गरिएको बताइएको छ।

✍️नरेश प्रसाद जोशी