April 29, 2026, Wednesday
२०८३ बैशाख १६
Nepal 1:37:26 pm
Trending
शान्ति प्रसाद जोशी

विद्यार्थीकालमै उद्यम – धनराजले सञ्चालनमा ल्याए ‘न्यू डी एण्ड बी नास्ता पसल एन्ड सेकुवा सेन्टर’

२०८२ भाद्र ८

10.6K

धनगढी- उद्यमशील सोचले मात्र होइन, कर्मशील व्यवहारले पनि फरक पहिचान बनाउन सकिन्छ भन्ने उदाहरण बनेका छन । कैलाली बहुमुखी क्याम्पस सातौं सेमेस्टरमा अध्ययनरत बझाङ केदारस्यूँ गाउँपालिकाका धनराज जोशी।

विद्यार्थीकालमै व्यावसायिक यात्रा सुरु गरेका धनराजले आफ्ना अङ्कल विश्व प्रकाश जोशीसँग संयुक्त लगानीमा धनगढी उपमहानगरपालिका–५, शिवनगर छिमेकी चोकमा ‘न्यू डी एण्ड बी नास्ता पसल एन्ड सेकुवा सेन्टर’ सञ्चालनमा ल्याएका छन्। जोशीका अनुसार करिब १० लाख रुपैयाँको संयुक्त लगानीमा सुरु भएको उक्त सेन्टरमा सुपथ मूल्यमा स्वादिलो नास्ता तथा सेकुवा पाइने व्यवस्था गरिएको छ। पसलभित्र ग्राहकहरूको सहजताका लागि अलगअलग सेब्रेट क्याबिन पनि निर्माण गरिएको छ।

“हाम्रो उद्देश्य केवल व्यापार मात्र होइन, विद्यार्थी तथा ग्राहकलाई सस्तो मूल्यमा गुणस्तरीय सेवा उपलब्ध गराउनु हो,” धनराजले भने।
उनका अनुसार सेन्टरमा चाउमिन, राइस, अण्डा, मम, कबाब, रोस्ट, ललिपप, मटन फ्राइ, सेकुवा लगायतका परिकारहरू उपलब्ध छन्। धनगढी क्षेत्रमै निःशुल्क होम डेलिभरीको सुविधा समेत गरिएको छ। विशेष गरी धनगढीका विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरिएको सेन्टरमा छात्रछात्राहरुलाई विशेष छुटको व्यवस्था गरिएको छ।

“विद्यार्थीहरू बिहानै कलेज जान्छन् र दिउँसो घर टाढा हुने हुँदा खानपानमा असुविधा हुने गर्छ। त्यस्तो अवस्थामा हाम्रो पसलले उनीहरूलाई सहज बनाउन सहयोग गर्नेछ,” उनले बताए। उद्यमशील सोच, कर्मठता र लगनशीलता बोकेका विद्यार्थी धनराजले सन्देश दिएका छन् ।

“अवसरको पर्खाइमा बस्नु हुँदैन, आफैंले अवसर सिर्जना गर्नुपर्छ।” यो भनाइका प्रेरक व्यक्तित्वको रूपमा धनराज जोशीलाई लिन सकिन्छ।

होम डेलीभरीका लागी ९८६२७४४५१० मा सम्पर्क गर्न सक्नुहुनेछ ।