September 14, 2026, Monday
२०८३ भाद्र २९
Nepal 1:37:26 pm
Trending
Puskar Joshi

कञ्चनपुरबाट १० जना पक्राउ

२०८२ माघ १६

575

 

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित १० जना पक्राउ परेका छन्।

 

लागूऔषधको कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्लाको भीमदत्त नगरपालिका–१३ बडैपुर स्थित खर प्लास्टिक र काठबाट बनेको खाली झुपडीबाट सोही ठाउँ बस्ने २४ वर्षीय प्रदीप लुहार समेत १० जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

 

उक्त झुपडीको कोठा भित्र बसी लागूऔषध सेवन तथा कारोबार गरिरहेको अवस्थामा फेला पारि उनीहरूको शरिर तथा झुपडी खानतलासी गर्दा ११ दशमलव ३७ ग्राम लागूऔषध खैरो हेरोइन र ५ वटा प्रतिबन्धित क्याप्सुल तथा लागूऔषधमा प्रयोग हुने अन्य सामान फेला परेको प्रहरीले जनाएको छ। दश जनालाई इलाका प्रहरी कार्यालय गड्डाचौकी र प्रहरी चौकी झोलुङ्गे, कञ्चनपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बिहिवार नियन्त्रणमा लिएको थप अनुसन्धान गरिरहेको जनाएको छ।