August 4, 2026, Tuesday
२०८३ श्रावण १९
Nepal 1:37:26 pm
Trending
जन आवाज

सरकारी निर्णयअनुसार मलंगवा कारागारको सुरक्षा सेनाले सम्हाल्यो

२०८२ फाल्गुन १

265

सर्लाही,१ फागुन । सर्लाहीको मलंगवास्थित जिल्ला कारागारको सुरक्षा नेपाली सेनाले सम्हालेको छ । बिहीबार साँझ ५ बजेदेखि जिल्ला कारागार कार्यालय मलंगवाको सुरक्षा जिम्मा सेनाले लिएको हो ।

मलंगवा सुरक्षा बेस सर्लाहीबाट उपसेनानी जहेन्द्र सिंह ठगुन्ना नेतृत्वमा २५ जनाको टोली कारागार सुरक्षार्थ खटिएको छ । यसअघि उक्त कारागारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सुरक्षा दिँदै आएका थिए ।

मन्त्रिपरिषद्को निर्णयअनुसार सुरक्षाका हिसाबले अति संवेदनशील मानिएका कारागार तथा महत्वपूर्ण आयोजनाहरूमा सेना परिचालन गरिएको छ । सोही निर्णयअनुसार मलंगवा कारागारमा पनि सेना तैनाथ गरिएको हो ।

कालीध्वज गणनवलपुर पाँचकुमारीका गणपति उमेश खड्काले मलंगवा कारागारमा सेनाको टोलीले जिम्मेवारी सम्हालिसकेको जानकारी दिए । उनका अनुसार सरकारको निर्देशनअनुसार आवश्यक समन्वय गरेर सुरक्षा व्यवस्थापन अघि बढाइएको छ