काठमाडौं, ४ फागुन । गत माघ महिनामा देशभरका मालपोत कार्यालयबाट पाँच अर्ब नाै लाख २४ हजार राजस्व संकलन भएको छ। पुसमा पाँच अर्ब १७ करोड ३२ लाख उठेको तुलनामा माघमा केही कमी आएको हो।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघमा कुल ५० हजार ८३७ लिखत पारित भएका छन्। सेवा करबापत ३१ करोड ५८ लाख, रजिस्ट्रेसन दस्तुरबापत दुई अर्ब ६८ करोड र पुँजीगत लाभकरबापत एक अर्ब ९६ करोड राजस्व संकलन भएको विभागले जनाएको छ।









