October 23, 2026, Friday
२०८३ कार्तिक ७
Nepal 1:37:26 pm
Trending
Puskar Joshi

कैलालीमा एकै दिन सात जना पक्राउ

२०८२ फाल्गुन ६

880

 

 

धनगढी ः कैलालीमा एकै दिन सात जना फक्राउ परेका छन्। नेपाल प्रहरीले उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो।

 

धनगढी उपमहानगरपालिका–१३ का २७ वर्षीय बलबहादुर चौधरी एक सय ७० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका छन्। प्रहरी चौकी, कैलाली गाउँको टोलीले उनलाई पक्राउ गरेको हो।

 

कैलालीको गोदावरी नगरपालिका–३ बाट अनुज रावतसहितका २ जना सात सय ५० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्। उनीहरूको साथबाट जिल्ला प्रहरी कार्यालय, कैलालीको टोलीले एक थान तराजुसमेत बरामद गरेको छ। यस्तै, धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोकबाट तीन ग्राम नौ सय ९० मिलिग्राम लागुऔषधसहित कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बाफाँटाका २७ वर्षीय सुनील चौधरी पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय, धनगढीको टोलीले उनलाई मङ्गलवार पक्राउ गरेको हो।

 

जिल्लाको बर्दगोरिया गाउँपालिका–२ बौनिया गाउँबाट एक ग्राम २ सय ७० मिलिग्राम लागुऔषधसहित २७ वर्षीय सुनिलकुमार चौधरीसहितका २ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय, सडकपुरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। यस्तै, धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट २ सय ७० मिलिग्राम लागुऔषधसहित गोदावरी नगरपालिका–२ का २४ वर्षाीय विनोद ओड पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कैलालीको टोलीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो।

भर्खरै