October 28, 2026, Wednesday
२०८३ कार्तिक १२
Nepal 1:37:26 pm
Trending
जन आवाज

कांग्रेसको एकैदिन तीन जिल्लामा चुनावी सभा

२०८२ फाल्गुन १४

495

काठमाडौं, १४ फागुन । प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै जनकपुरमा `मधेस सभा´ गरेको नेपाली कांग्रेसले आज एकैदिन देशका तीन फरकफरक स्थानमा चुनावी सभा गर्दैछ।

कांग्रेसले आज एकैदिन सुर्खेत, बाँके र रूपन्देहीमा गरी तीन स्थानमा चुनावी सभा गर्ने भएको हो। गत फागुन ६ गते कांग्रेसले जनकपुरमा पहिलो चुनावी सभा गरी प्रतिज्ञापत्र सार्वजनिक गरेको थियो।

सुर्खेत, बाँके र रूपन्देहीमा आज हुने चुनावी सभामा सभापति गगन कुमार थापा र उपसभापतिद्वय विश्वप्रकाश शर्मा लगायतका नेताहरू सहभागी हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

प्रवक्ता चालिसेका अनुसार सभापति थापासहितका शिर्ष नेताहरू हेलिकप्टर मार्फत चुनावी सभामा पुग्ने छन्। यस्तै ती सभाहरुमा सम्बन्धित प्रदेश भित्रका प्रतिनिधि सभा निर्वाचन क्षेत्रका उम्मेदवार तथा स्थानीय नेताहरू पनि सहभागी हुने छन्।

कांग्रेसले भोलि फागुन १५ गते पोखरामा चुनावी गर्दैछ भने फागुन १७ गते काठमाण्डौंमा चुनावी सभा गर्ने कांग्रेसको तयारी रहेको छ। कांग्रेसले कोशी र सुदूरपश्चिममासमेत सभाको तयारी गरिरहेको छ। तर मिति भने तय भइसकेको छैन।

भर्खरै