September 24, 2026, Thursday
२०८३ आश्विन ८
Nepal 1:37:26 pm
Trending
जन आवाज

सुन कमजोर, चाँदी बलियो

२०८२ फाल्गुन १५

415

काठमाडौं,१५ फागुन । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँ घटाएर ३ लाख १४ हजार ९ सय रुपैयाँ तोकेको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्यमा सामान्य गिरावट आएको हो।

महासंघका अनुसार माघ १५ गते सुनको भाउ प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेर हालसम्मकै उच्च रेकर्ड बनाएको थियो। त्यसयता भने सुनको मूल्य क्रमशः घट्दो क्रममा देखिएको छ।

यता चाँदीको भाउ भने बढेको छ। शुक्रबार चाँदी प्रतितोला १५ रुपैयाँले वृद्धि भई ५ हजार ७४० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्य उतारचढाव र विनिमय दरको प्रभावका कारण बहुमूल्य धातुको मूल्यमा दैनिक परिवर्तन भइरहेको व्यवसायीहरू बताउँछन्।