August 3, 2026, Monday
२०८३ श्रावण १९
Nepal 1:37:26 pm
Trending
जन आवाज

धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार

२०८२ फाल्गुन २४

385

धनगढी, २४ फागुन । धनगढीमा श्रीमतीको हत्या गरी एक जना फरार रहेका छन् । गएराति १२ः४५ मा धनगढी उपमहानगरपालिका–७ को देवहरियाका ३६ वर्षका डम्मराज जोशीले श्रीमती ३० वर्षीया सरस्वती अवस्थी जोशीको हत्या गरेका हुन्।

उनले सरस्वतीको टाउको धारिलो हतियार प्रयोग गरी हत्या गरेको र घटना लगत्तै फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी योगेन्द्र तिमील्सिनाले जानकारी दिए। श्रीमतीको हत्या गर्ने जोशी पूर्व शिक्षक समेत हुन्।

अहिले मृत्तकको शव उठाएर पोस्टमाटमका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा छ। डिएसपी तिमील्सिनाका अनुसार हत्यापछि फरार जोशीको खोजी कार्य भइरहेको छ।