April 29, 2026, Wednesday
२०८३ बैशाख १६
Nepal 1:37:26 pm
Trending
जन आवाज

सुनसँगै चाँदी पनि सस्तो, आजको नयाँ मूल्य सार्वजनिक

२०८२ फाल्गुन २५

260

काठमाडाैं, २५ फागुन । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ७ सय रुपैयाँले घटेको हो।

यो गिरावट सँगै आज छापावाल सुन प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि हिजो आइतबार सुन प्रतितोला ३ लाख १६ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो।

यसैगरी, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ।  महासंघका अनुसार आज चाँदी तोलामा ६५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ४१० रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ५ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा मूल्यमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि यसको प्रभाव परेको व्यवसायीहरूले बताएका छन्।