April 30, 2026, Thursday
२०८३ बैशाख १८
Nepal 1:37:26 pm
Trending
जन आवाज

सुर्खेतमा विद्यार्थीको रहस्यमय मृत्यु, प्रहरीले एक जनालाई नियन्त्रणमा लियो

२०८२ फाल्गुन २५

395

सुर्खेत, २५ फागुन । सुर्खेतको वीरेन्द्रनगरमा कक्षा ११ मा अध्ययनरत एक छात्राको रहस्यमय मृत्यु भएको घटनाले स्थानीय समुदायमा शोक र चिन्ता फैलिएको छ।

वीरेन्द्रनगर नगरपालिका–४ मा बस्दै आएकी १७ वर्षीया इनीसा बि.क. मृत अवस्थामा फेला परेकी हुन्। उनको स्थायी घर सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली रहेको बताइएको छ।

परिवारका अनुसार उनी घटना भएको बिहान ट्युशन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन्। तर लामो समयसम्म घर नफर्किएपछि परिवार चिन्तित बनेको थियो।

त्यसपछि एक अज्ञात नम्बरबाट फोन गरी वीरेन्द्रनगरस्थित एक पार्क क्षेत्रमा एक युवती बेहोस अवस्थामा रहेको जानकारी दिइएको थियो। खबर पाएपछि परिवार र स्थानीय घटनास्थल पुगेका थिए। त्यहाँ इनीसा बेहोस अवस्थामा र शरीरमा रगत लागेको अवस्थामा भेटिएकी थिइन्।

उनलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको थियो। तर अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

घटनापछि मृतकका आफन्त तथा स्थानीयले निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। उक्त घटनाले विद्यार्थी तथा स्थानीय समुदायमा गहिरो शोक र चिन्ता पैदा गरेको छ।