August 1, 2026, Saturday
२०८३ श्रावण १६
Nepal 1:37:26 pm
Trending
जन आवाज

कञ्चनपुरमा छोराको खुकुरी प्रहारबाट वृद्धाको मृत्यु, एक महिला घाइते

२०८२ चैत्र ३

380

धनगढी : कञ्चनपुरमा एक वृद्धाको हत्या गरिएको छ। जिल्लाको दोधारा चाँदनी नगरपालिका–४, सुर्खेत टोलकी वृन्द्रा श्रेष्ठको खुकुरी प्रहार गरेर हत्या गरिएको हो।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार ७५ वर्षीया वृन्द्राका ४९ वर्षीय छोरा हरि श्रेष्ठले खुकुरी प्रहारी गरेका हुन। उनी फरार भएका छन्। प्रहरीले उनको खोजी थालेको छ। घटनामा भगवती देवी माझी घाइते भएकी छन्। घटनाको विषयमा पूर्ण विवरण आउन बाँकी रहेको छ। प्रहरी घटना स्थलमा पुगेको छ। वृन्द्राको शव घटनास्थलमा नै रहेको छ।