October 26, 2026, Monday
२०८३ कार्तिक १०
Nepal 1:37:26 pm
Trending
जन आवाज

बैतडीमा भीरबाट लडेर एकको मृत्यु

२०८२ चैत्र ४

475

बैतडी : बैतडीमा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–३ गुजरका २६ वर्षीय नरेश कोलीको भीरबाट लडेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार मङ्गलवार पाटन बजारबाट घर फर्किएका कोली घर नपुगेपछि परिवारले खोजतलास सुरु गरेका थिए। सोही क्रममा बुधवार बिहान उनको शव भीटा भीरको तल सुर्नया नदी किनारमा फेला परेको हो।

भीटा भीरको तल शव फेला परेकाले लडेर मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

 

भर्खरै