October 26, 2026, Monday
२०८३ कार्तिक १०
Nepal 1:37:26 pm
Trending
जन आवाज

कैलालीबाट एक प्रहरी जवान सम्पर्क विहीन

२०८२ चैत्र ११

575

धनगढी : कैलालीबाट एक प्रहरी जवान सम्पर्कविहीन भएका छन्। डडेल्धुराको अमरगढी नगरपालिका–९ पनउलीका २४ वर्षीय प्रहरी जवान टेक बहादुर साँउद सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, कैलालीले डडेल्धुराबाट रवाना भएर सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण, धनगढी आउने क्रममा उनी सम्पर्कविहीन भएको बताएको छ।

साउँद से ३ प ९८३८ नम्बरको पल्सर मोटरसाइकलमा डडेल्धुराबाट आएका थिए। सोमवार अत्तरियामा देखिएका उनी मोटरसाइकलसहित सम्पर्कविहीन भएका छन।

परिवारको समेत सम्पर्कमा नआएपछि उनका दाजु नाता पर्ने सुरत तमोलीले बुधवार खोजीका लागि भन्दै इलाका प्रहरी कार्यालय मालाखेतीमा निवेदन दिएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

भर्खरै