September 13, 2026, Sunday
२०८३ भाद्र २८
Nepal 1:37:26 pm
Trending
जन आवाज

ओलीको सुनुवाइ भर्चुअल माध्यमबाट हुने

२०८२ चैत्र १५

435

काठमाडौं, १५ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट अदालतमा उपस्थित गराउने भएको छ ।

ओलीको स्वास्थ्य अवस्थाका कारण भौतिक रुपमा अदालतमा उपस्थित गराउन नसकिने भएकोले भिडियो कन्फ्रेसिङको माध्यमबाट उपस्थित गराउन लागिएको जिल्ला अदालत काठमाडौँका रजिष्टार तीर्थराज अधिकारीले जानकारी दिए ।

शनिबार बिहानै गुन्डुबाट पक्राउ परेका ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । शनिबार साँझ र आज बिहान उनको स्वास्थ्य परीक्षण गर्दा डुलाउनको साटो उनलाई अस्पतालमा राख्न चिकित्सकहरुले सुझाव दिएका थिए ।